कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएस ओपनमा डालास अल स्टार्स

काठमाडौँ — भारतका उन्मुक्त चन्दको कप्तानीमा डालास अल स्टार्सले यूएस ओपन ट्वान्टी–२० क्रिकेटका लागि आफ्नो टोलीको घोषणा गरेको छ । नेपालीहरूको स्वामित्व रहेको डालासले १२ औं संस्करणमा आएर पहिलो पटक यूएस ओपन खेल्न लागेको हो ।

चन्दसहित अल स्टार्समा भारतकै सुजित गोवडा, फानी सिमहार्दी, अमेरिकाका एरोन जोन्स, बर्ट ककली, वेस्ट इन्डिजका एस्ली नर्स, केरी पिइरे, सेनोन ग्याब्रियल, सामर स्प्रिङगर, बेलायतका लिएम प्लुन्केट, म्याट क्विन, ज्याक लिनटोट, जोस कोब, एडम रोसिङटन, लुक बेन्केनस्टेन र दक्षिण अफ्रिकाका कोर्न ड्राइ रहेका छन् ।

नेपालमा नेपाल ट्वान्टी–२० लिगको फ्रेन्चाइज लुम्बिनी अल स्टार्सको स्वामित्वमा डालास अल स्टार्स रहेको छ । यसको लगानीकर्तामा सञ्जय शर्मा, वरदान चालिसे, आशिक लामा, उत्सव सिग्देल, अमन खनाल र कमलकिशोर प्रेमी रहेका छन् । डिसेम्बर ५ देखि १३ सम्म हुने प्रतियोगिताको ब्रान्ड एम्बासडरमा वेस्ट इन्डिजका ब्याटिङ हस्ती ब्रायन लारा रहेको सिग्देलले बताए ।

सहभागी १२ टोलीलाई चार समूहमा राखिएको छ र विजेता टोली सेमिफाइनल पुग्नेछ । विजेताले १ लाख र उपविजेताले २० हजार डलर पाउनेछन् ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?