कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको सहज जित

एएफपी

पर्थ — नथान लियोनले ६ विकेट लिएपछि अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजलाई आइतबार १ सय ६४ रनले सजिलै पराजित गरेको छ ।

वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको सहज जित

जितका लागि ४ सय ९८ रनको लक्ष्य पाएको पाहुना टिम आफ्नो दोस्रो इनिङ्समा ३ सय ३३ रन बनाएर अलआउट भयो ।

उसले तीन विकेट गुमाएर १ सय ८२ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र जितका लागि अझै ३ सय ६ रन आवश्यक थियो । नथानको घातक बलिङ अगाडि वेस्ट इन्डिजका ब्याटर लामो समय टिक्न सकेनन् ।

रोस्टन चेज र अल्जारी जोसेफले आठौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै अस्ट्रेलियाको जितलार्य केही समय पछाडि सारेका थिए ।

अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा चार विकेट गुमाएर ५ सय ९८ रनको विशाल स्कोर खडा गरेपछि वेस्ट इन्डिज सुरुदेखि दबाबमा आउको थियो । त्यसको जवाफमा वेस्ट इन्डिजले २ सय ८३ रन मात्र बनाएको थियो । लगतै अस्ट्रेलियाले फेरि ब्याटिङ गर्दै दुई विकेटमा १ सय ८२ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

प्रकाशित : मंसिर १८, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?