कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेले भन्छन्, ‘म ठीक छु’

एजेन्सी

साओ पाओलो — ब्राजिली महान फुटबल खेलाडी पेलेले आफू ठूलो आशासहित बलियो रहेको शनिबार बताएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचार गरिरहेका छन् । उनले विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको पनि बताएका छन् ।

पेले भन्छन्, ‘म ठीक छु’

त्यस अगाडि अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको जनाएको थियो । पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’

त्यसको केही घण्टा अगाडि मात्र पेलेको स्वास्थ्य स्थिति नाजुक भएको समाचार आएको थियो । पेलेले थपेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’


प्रकाशित : मंसिर १८, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?