काठमाडौं जेभियर्स र चैतन्य भिड्ने


काठमाडौँ — काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनल पुगेका छन् ।

काठमाडौं जेभियर्सले एआईएलाई ३२–१४ तथा चैतन्यले सूर्योदयलाई ११–८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजमा चैतन्यले डेनेबलाई ३०–२६, स्प्याङ्गलले सेन्टपललाई २१–१९, एआईएले भद्राघलेलाई ४१–१७ र हेम्सले काठमाडौं जेभियर्सलाई ४३–४० ले हराउँदै सेमिफाइनल पक्का गरे ।
सिनियर गल्र्समा चैतन्यले सिर्जनशीललाई १७–११, काठमाडौं जेभियर्सले भद्राघलेलाई ९–३, स्वप्नबाटिकाले स्प्याङ्गललाई १९–८ र इनोभेटिभले हेम्सलाई १७–६ ले हराएर सेमिफाइनल पक्का गरे ।