कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेक्वान्दोमा नवीन र जेनिफर उत्कृष्ट

भक्तपुर — सैनिक आवासीय महाविद्यालय इन्टर कलर खेलकुद सप्ताह २०७९ अन्तर्गत तेक्वान्दो प्रतियोगिता एलो कलरका नवीन कार्की र ब्लु कलरका जेनिफर दुलाल उत्कृष्ट खेलाडी भएका छन् ।

तेक्वान्दोमा नवीन र जेनिफर उत्कृष्ट

प्रतियोगितामा ४० केजी तौल समूहमुनि ब्लु कलरका ओस्व गुरुङ पहिलो र लोप्सन थापा दोस्रो भए । ४४ केजीमा ब्लु कलरका जेनिस खत्री पहिलो र एलो कलरका रिजस भण्डारी दोस्रो, ५० केजी तौल ग्रीन कलरका कृश्पो महतो पहिलो र एलो कलरका सफल बस्नेत दोस्रो भए ।

५४ केजीमा ग्रीन कलरका उत्सव पुन मगर पहिलो र रेड कलरका विशम बुढाथोकी दोस्रो भए । ५८ केजीमुनिमा एलो कलरका रिक्की तामाङ पहिलो र ब्लु कलरका अमित बुढाथोकी दोस्रो भए ।

६२ केजीमुनि एलो कलरका रोशन तामाङ पहिलो र ब्लु कलरका प्रसन्न कार्की दोस्रो भए । ६८ केजीमुनि एलो कलरका विपुड बहाला पहिलो र रेड कलरका अनिश मगर दोस्रो भए । ७४ केजीमुनि एलो कलरका नवीन कार्की पहिलो र एलो कलरका निकेशकुमार बस्नेत दोस्रो भए ।

छात्रा ४० केजीमुनि ग्रीन कलरकी गरिमा अधिकारी, एलो कलरकी रोस्लिन केसी पहिलो र दोस्रो भए । ४२ केजीमुनि ग्रीन कलरका मुदिता राजभण्डारी पहिलो रसत्यता राज्यलक्ष्मी साह दोस्रो भए ।

४७ केजीमुनि ब्लु कलरका स्मृति गुरुङ र दिलासा थापा पहिलो र दोस्रो भए । ५२ केजीमुनि ब्लुकी जेनिफर दुलाल पहिलो र चाँदनी श्रेष्ठ दोस्रो भए । ५७ केजीमुनि एलो कलरकी चाँदनी राई पहिलो र ग्रीन कलरका समृद्धि गौतम दोस्रो भए ।

सैनिक आवासीय तेक्वान्दो डोजाङका डोजाङ प्रमुख तथा अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालका अनुसार जुनियर ब्वाइज यू–१४ पुम्सेमा ब्लु कलरका लोप्सन थापा विजेता, रेड कलरका अर्पन चन्द दोस्रो भए ।

जुनियर गल्स यू–१५ पुम्सेमा ब्लु कलरका स्मृति गुरुङ विजेता, रेड कलरका जेनिसा भुजेल दोस्रो भए । ब्वाइज यू–१६ पुम्सेमा ब्लु कलरका सन्देश कर्ण पहिलो र रेड कलरका बिराज श्रेष्ठ दोस्रो भए ।

सिनियर ब्वाइज पुम्सेमा रेड कलरका सुजन श्रेष्ठ प्रथम, रेड कलरका अर्पन चन्द दोस्रो भए । गर्ल्स मा रेड कलरका स्मृति थापा पहिलो र ब्लु कलरका जेनिफर दुवाल दोस्रो भए ।

विद्यालयका प्रिन्सिपल दलप्रसाद पुन र प्रमुख सेनानी सन्तोष काकीले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

प्रकाशित : मंसिर १६, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?