कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमसतिया स्टार्स १ सय ३८ रनले विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको शुक्रबार भएको खेलमा ओमसतिया स्टार्स विजयी भएको छ । उसले तिलोत्तमा टाइटनलाई १ सय ३८ रनको फराकिलो अन्तरले हराएको हो ।

ओमसतिया स्टार्स १ सय ३८ रनले विजयी

टस जितेर ब्याटिङ रोजेको ओमसतीयाका खेलाडीले ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाई २ सय २९ रन जोडे । जसमा आस्मान थारुले ४७, अयन खानले ३६ रन जोडे । बलिङमा तिलोत्तमाका सागर गैरेले ३ तथा विपर्सन केसीले २ विकेट लिए ।

ओमसति्यालाई पछ्याउँदै तिलोत्तमा टाइटनका खेलाडीले २३ दशमलब ३ ओभरमै अल आउट भई ९२ रन मात्र बनाउन सके । तिलोत्तमाका विपर्सन केसीले १६, लक्ष्मण कुमालले १० रन बनाएपनि अन्य ब्याट्सपर्सनले दोहोरो अंक जोड्न सकेनन् । टाइटनलाई सस्तैमा समेट्न बलिङ तर्फ ओमसतियाका अनिल यनदव र सुभम खनालले समान ४/४ विकेट लिए । खेलमा अनिल यादव म्यान अफ दम्याच घोषित भए ।

प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जीबीआईसीए सैनामैना गरी ६ टिम सहभागी छन् ।

प्रकाशित : मंसिर ९, २०७९ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?