कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पीएम कप : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी आर्मी

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मीले पीएम कप वान डे क्रिकेटको सेमिफाइनलमा शुक्रबार पुलिसलाई २ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आर्मीले एपीएफको सामना गर्नेछ । फाइनल शनिबार हुनेछ ।

पीएम कप : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी आर्मी

पहिले ब्याटिङ गरेको पुलिसले ४ विकेटमा ३ सय ४ रन बनाएकोमा आर्मीले त्यसलाई सफलतापूर्वक पछ्याउँदै ८ विकेटमा ३ सय ९ रन बनाएको हो । आर्मीको जित १ बलको खेल बाँकी छँदा सम्भव भएको हो ।

आर्मीका लागि रोहित पौडेलले ८९ र हरि चौहानले ७५ रन बनाए । यस्तै ‘प्लेयर अफ द म्याच’ राजेश पुलामीले ४३ रन थपे । पुलिसका करण केसीले ५२ रन खर्चेर ६ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त रहेन । त्यसअगाडि पुलिसले दीपेन्द्रसिंह एैरीको १ सय ४० रनको मदतले ३ सय माथिको स्कोर खडा गर्न सकेको थियो । तर कप्तान दीपेन्द्रको उत्कृष्ट प्रदर्शन पराजित टिमका लागि रह्यो ।


प्रकाशित : कार्तिक २५, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?