कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एपीएफलाई बेलबारी गोल्डकप

विनोद भण्डारी

विराटनगर — एपीएफ क्लबले मोरङको लक्ष्मीमार्गमा भएको पाँचौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले बुधबार फाइनलमा राजारानी फुटबल क्लब धनकुटालाई १–० गोलले हराएरु ८ लाख १ हजार रुपैयाँ पुरस्कार जित्यो । राजारानीले ४ लाख रुपैयाँमा चित्त बुझायो ।

एपीएफलाई बेलबारी गोल्डकप

चौथो संस्करणमा एपीएफ हिमालयन शेर्पासँग स्तब्ध हुँदै उपविजेतामा सीमित भएको थियो ।

खेलको दोस्रो हाफमा एकतर्फी खेल पस्केको एपीएफका लागि ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै निणार्यक बन्यो । उनले ३५ यार्डबाट गरेको प्रहार राजारानीका गोलकिपर पुजन होनाले पञ्च गर्दा रिवाउन्ड भएको बललाई हरिले पोस्टको दिशा देखाए । उनी खेलका म्यान अफ द म्याच भए ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर एपीएफका राजु नगरकोटी, डिफेन्टर पिटर सेगुन, मिडफिल्डर मणि लामा, उत्कृष्ट स्ट्राइकर राजारानीका बुद्ध चेम्जोङ, बढी गोलकर्ता सिराहाका फोडे फोफोना र प्रतियोतिाका उत्कृष्ट खेलाडी एपीएफका टोपबहादुर विष्ट घोषित भए । उत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाए । बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही १५ हजार पुरस्कार पाए ।

बेलबारी गोल्डकप फुटबल मोरङको उत्तरी ग्रामीण क्षेत्रमा हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ । डाँगीहाट युथ क्लबले आयोजना गरेको प्रतियोतिामा तीन विदेशीसहित १० टिम सहभागिता थियो ।

मुलुकमै कहलिएको र प्रदेश १ को राजधानी विराटनगरमा मौसमी रूपमा आयोजना हुने गरेको विराट गोल्डकपले समेत निरन्तरता पाउन नसक्दा यस क्षेत्रका फुटबल पारखीहरू जिल्लाको ग्रामीण क्षेत्रमा हुने बेलबारी गोल्डकपजस्ता प्रतियोगितामा रमाउनुपरेको छ ।

प्रकाशित : कार्तिक २४, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?