कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी

सिड्नी — खराब सुरुवातसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको पाकिस्तानले बुधबार सानदार ढंगले ट्वान्टी-२० विश्वकपको फाइनल यात्रा तय गरेको छ । 

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

पाकिस्तानले प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको तेस्रोपल्ट हो ।

पछिल्लो ट्वान्टी-२० विश्वकपको उपविजेता न्युजिल्यान्ड भने यसपल्ट सेमिफाइनलमै रोकियो । जितका लागि १ सय ५३ मध्यम लक्ष्य पाएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५ चौकाको मद्दतले ५३ रन बनाए भने अर्का ओपनर मोहम्मद रिजवानले ५७ रन बनाए ।

उनले ७ चौका प्रहार गरे । उनीहरूले पहिलो विकेटका लागि १ सय ५ रनको शतकीय साझेदारी गर्दै जितको ठोस आधार तयार पारे । यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो र पाकिस्तानको कसिकसाउ बलिङ अगाडि उसले खुलेर खेल्न सकेन ।

न्युजिल्यान्डले ४ विकेट गुमाएर १ सय ५२ रनमात्र बनाउन सक्यो । साहिन अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ३५ बलमा ५३ रन बनाए । यस्तै कप्तान केन विलियमसनले ४२ बलमा ४६ रन जोडे ।

अब बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्दै छन् । फाइनल आइतबार हुनेछ ।

प्रकाशित : कार्तिक २३, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?