कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सुरेशलाई लक्ष्मी बैंक गल्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरेश राणाले सातौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार सुरेश र किशोर बस्नेतले समान ४० स्टेबलफोर्ड अंक बटुलेका थिए । तर काउन्टब्याकको ब्याकनाइनमा २३ अंक जोडेकाले सुरेश विजेता बने । २० स्कोर गरेका किशोर उपविजेता बने ।

सुरेशलाई लक्ष्मी बैंक गल्फ

महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । निश्चयजंग रायमाझीले वेस्ट ग्रसको उपाधि जिते । उनले ३७ ग्रस अंक बटुले । ३६ स्कोर गरेका महेन्द्र मैनाली सिनियर विजेता बने । आङदोर्जे शेर्पा ३७ अंक बटुल्दै लक्ष्मी बैंकको ग्राहकतर्फ विजेता भए । जुयिनरतर्फ आइस्टिना टन्डन ४१ स्कोर गर्दै विजेता भइन् । क्याप्टेन नोर्बु शेर्पाले लङ्गेस्ट ड्राइभ, मिथुन राईले क्लोजेस्ट टु दी पिन र वाङ्चेन ढोन्डुपले सर्वाधिक बर्डिजको उपाधि जिते ।

१० औं होलमा होल इन वान गर्नेलाई हुन्डाईको कोना कार उपहार राखिएको थियो, तर कसैले होल इन वान गर्न सकेनन् । लक्ष्मी बैंकको प्रायोजनमा स्टेबल फम्र्याट ३/४

ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा १ सय १३ गल्फरले भाग लिएका थिए । विजेतालाई लक्ष्मी बैंकका प्रमुख रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र कप्तान जोसेफ नाथनले पुरस्कृत गरे ।

प्रकाशित : कार्तिक २०, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×