वर्षाको गोलमा नेपालले हरायो बंगलादेशलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपको शनिबार ढाकामा भएको खेलमा बंगलादेशलाई १–० ले हराएको छ । नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । यो जितपछि नेपालको प्रतियोगिताको उपाधि जित्ने सम्भावना बढेको छ ।

वर्षाको गोलमा नेपालले हरायो बंगलादेशलाई

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो भने आयोजक बंगलादेशले पहिलो हार बेहोर्‍यो । खेल बराबरतर्फ अग्रसर भइरहेको बेला वर्षाले ८७ औं मिनेटमा निर्णायक गोल गरिन् । यो जितले नेपालको दुई खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

बंगलादेश भने दुई खेलबाट ३ अंकमै सीमित रह्यो । प्रतियोगितामा सहभागी तेस्रो टिम भुटान भने आफूले खेलेको दुवै खेलमा पराजित रहेर शून्य अंकमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले अब फेरि एक/एकपल्ट बंगलादेश र भुटानसँग खेल्नेछ ।

प्रकाशित : कार्तिक १९, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?