कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीता आई–लिग क्लब सेथुमा अनुबन्धित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला राष्ट्रिय टिमकी डिफेन्डर गीता राना भारतीय वुमेन्स आई–लिग क्लब सेथु एफसीसँग सोमबार अनुबन्ध भएकी छन् । उनले अबको सिजनका लागि एक वर्षको अनुबन्ध गरेकी हुन् ।

गीता आई–लिग क्लब सेथुमा अनुबन्धित

यसअघि कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पनि सेथुसँगै एक वर्षका लागि अनुबन्ध गरेकी थिइन् । दुवै खेलाडीले पहिलोपल्ट वुमेन्स आई–लिग खेल्नेछन् । दुवै खेलाडीको सेथुसँगको अनुबन्धबारे खुलाइएको छैन ।

गीता वुमेन्स साफ च्याम्पियनसीप २०२२ मा उपविजेता भएको नेपाली टिमकी महत्त्वपूर्ण सदस्य थिइन् । गीताले पाकिस्तानी वुमेन्स लिगमा पनि खेलिसकेकी छन् । नेपाली खेलाडीमध्ये सावित्रा भण्डारी र अनिता बस्नेतले यसअघि आई–लिग खेलिसकेका छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?