पीएम कप : आर्मीमाथि एपीएफको जित

काठमाडौँ — पीएम कपको समूह ‘ए’ अन्तर्गत आइतबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ५६ रनले हराएको छ । टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४७.४ ओभरमा अलआउट हुन अगाडि २ सय १९ रन बनायो । त्यसमा प्रारम्भिक ब्याटर प्रदीप ऐरीले ८० बलमा ७१ रन बनाए ।

यस्तै सुदीप जोराले ६२ बलमा ५० रनको योगदान दिए । एपीएफका लागि विक्रम सोबले २३ रनमा चार विकेट लिए ।
जवाफमा आर्मीले ३२.१ ओभरमा अलआउट हुन अगाडि १ सय ६३ रनमात्र बनाउन सक्यो । त्यसमा हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए पनि त्यो पर्याप्त रहेन । अमर रौटेलाले चार विकेट लिए ।
प्रकाशित : कार्तिक १३, २०७९ १६:४२