कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
ट्वान्टी-२० विश्वकप

अफगानिस्तान र आयरल्यान्डबीचको खेल 'वास आउट'

एजेन्सी

मेलबर्न — ट्वान्टी-२० विश्वकप सुपर- १२ को ग्रुप- १ को अफगानिस्तान र आयरल्यान्डबीचको खेल ‘वास आउट’ भएको छ । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो ।

अफगानिस्तान र आयरल्यान्डबीचको खेल 'वास आउट'

यो नतिजापछि आयरल्यान्ड तीन खेलबाट तीन अंकसहित आफ्नो समूहमा दोस्रो स्थानमा उक्लेको छ भने न्युजिल्यान्ड दुई खेलबाट तीन अंकमा शीर्ष स्थानमा छ । अफगानिस्तान भने तीन खेलबाट दुई अंकसहित पुछारमा छ ।

समूहका अन्य तीन टिम श्रीलंका, इंग्ल्यान्ड र अस्ट्रेलियाको समान दुई अंक रहेको छ । समूहको शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्नेछन् ।

प्रकाशित : कार्तिक ११, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?