ट्वान्टी–२० विश्वकप

डकवर्थ लेविस नियममा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित

एजेन्सी

मेलबर्न — आयरल्यान्डले डकवर्थ लेविस नियम अनुसार बुधबार ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच रनले पराजित गरेको छ । वर्षाले प्रभावित खेल गुमाएपछि इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुन सक्नेछ । वर्षाले खेल रोकिँदा इंग्ल्यान्डले पाँच विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

डकवर्थ लेविस नियममा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित

कमजोर ब्याटिङ गरेको इंग्ल्यान्डका लागि डाबिड मलानले ३७ बलमा ३५ रन बनाए । यस्तै, मोइन अलीले १२ बलमा २४ रन बनाए । यो नतिजापछि आयरल्यान्ड सुपर–१२ को ग्रुप–१ मा पहिलो जित निकाल्न सफल रह्यो । प्रतियोगितामा उपाधिको दाa]दार मानिएको इंग्ल्यान्ड भने दुई खेलबाट दुई अंकमै सीमित रह्यो ।

पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९।२ ओभरमा अलआउट हुन अगाडि १ सय ५७ रन बनाएको थियो । त्यसमा एन्डी बालबिरनीले ४७ बलमा ६२ रन बनाए । यस्तै, लोरकन टकरले ३४ रनको योगदान दिए । इंग्लिस बलरमध्ये मार्क उड र लायम लिभिङस्टोनले तीन/तीन विकेट लिए ।

प्रकाशित : कार्तिक ९, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?