कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

आईटीटीएफ लेभल टु कोर्स सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुन लागेको हो । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्ने छिन् ।

आईटीटीएफ लेभल टु कोर्स सुरु

उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रोपल्ट हो । कार्यक्रममा तीन महिलासहित १९ प्रशिक्षक सहभागी छन् । यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ ।

प्रकाशित : कार्तिक ५, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×