कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

ट्वान्टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

हिमेश

काठमाडौँ — ट्वान्टी–२० विश्वकप २०२२ मा आजदेखि सुपर १२ का खेलहरू हुँदैछन् । अस्ट्रेलियामा भइरहेको प्रतियोगिताको प्रारम्भिक चरण कम्तीका रहेनन् । यो चरणमा आठ टिम थिए, त्यसलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । निकै प्रतिस्पर्धात्मक खेल भए र यो चरणबाट सुपर–१२ पुगेका चार टिम थिए, श्रीलंका, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्ड ।

ट्वान्टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

त्यसको अर्थ सुपर–१२ मा दुई पल्टको च्याम्पियन वेस्ट इन्डिज पुग्न सकेन् । त्यसको अर्थ के पनि हो भने प्रारम्भिक चरणमा वास्तवमै धेरै नजिकको प्रतिस्पर्धा चलेको थियो । यो चरणको समाप्तीमा अब सुरु हुनेछ, सुपर–१२ । धेरैका लागि यो नै त्यो चरण हो, जहाँबाट प्रतियोगिता साँच्चै सुरु हुनेछ, किनभने यसमा छन्, विश्व क्रिकेटका वास्तविक नामहरू ।

नामैले भने जस्तै, सुपर–१२ मा १२ टिम छन् र तिनलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा एकले अर्कोसँग खेल्ने छ । यसको समूह ‘वान’ मा रहेका छन्, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका र आयरल्यान्ड । अर्को समूह ‘टु’ मा रहेका छन्, बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र जिम्बावे ।

यिनै त हुन्, विश्व क्रिकेटका हेभिवेट । लिग चरणको समाप्तीमा प्रत्येक समूहबाट शीर्ष दुई टिमले सेमिफाइनल यात्रा गर्नेछन् । आज दुई खेल छन्, पहिलोमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले छिमेकी न्युजिल्यान्डको सामना गर्नेछ, सिड्नीमा । पर्थमा अर्को खेल हुनेछ, अफगानिस्तान र इंग्ल्यान्डबीच ।

एउटा डर के छ भने अहिले अस्ट्रेलियामा लगातार वर्षा भइरहेको छ, त्यसैले कतै यसले खेललाई बिथोल्ने त होइन ? अन्यथा तय छ, विश्व क्रिकेटको यस कान्छो स्वरूपको विश्वकपमा खेल निकै प्रतिस्पर्धात्मक हुनेछन् र अन्तिम बल अगाडिसम्म पनि टुंगो लाग्ने छैन्, खेल कसले जित्ने छ भनेर । यहाँनिर मूल प्रश्न यही हो, प्रतियोगिताको दाबेदार को हो त ?

यसको उत्तरमा स्पष्ट तीन टिम अगाडि छन्, अस्ट्रेलियासँगै भारत र इंग्ल्यान्ड । त्यसमा पनि उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी अस्ट्रेलिया नै हो । एक त उसले घरमा खेलिरहेको छ, अर्को यो डिफेन्डिङ च्याम्पियन पनि हो । त्यसैले धेरै सम्भावना छ, अस्ट्रेलियाले लगातार दोस्रो पल्ट विश्वकप जित्ने ।

आरोन फिन्चको नेतृत्वमा रहेको अस्ट्रेलियाको ब्याटिङ पनि बलियो छ, बलिङ पनि बलियो छ । धेरै अर्थमा अस्ट्रेलियाको प्रदर्शन प्रारम्भिक ब्याटर डेविड वार्नरको खेलमा भर पर्नेछ । त्यसपछि बलियो भारत नै हो । भारतको सबैभन्दा ठूलो विशेषता हो, सेतो बलमा सटिक बलिङ गर्न सक्ने बलरहरू । तर पनि टिम फेरि एकपल्ट विराट कोहलीमा निर्भर हुनेछ ।

भलै, विराट आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट मोडमा छैनन् । त्यसपछि आउँछ, इंग्ल्यान्ड । यो टिमसँग ट्वान्टी–२० क्रिकेटका विशेषज्ञ खेलाडीको बाहुल्यता छ । कप्तान जस बटलर स्वंय अहिले लयमा छन् र उनले इनिङ्सको सुरुआत गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याउन सक्छन् । तर पनि एउटा तथ्य के निश्चित छ भने ट्वान्टी–२०0 क्रिकेट हो, यस्तै भन्न सकिन्न, केही पनि ।

प्रकाशित : कार्तिक ५, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?