कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी-२० विश्वकप

आयरल्यान्ड सुपर-१२ मा, वेस्ट इन्डिज बाहिरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — आयरल्यान्डले दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजलाई सजिलै ९ विकेटले हराउँदै ट्वान्टी-२० विश्वकपको सुपर–१२ चरणमा प्रवेश गरेका छ । हारले वेस्ट इन्डिज भने प्रतियोगिता बाहिरिएको छ । जितका लागि १ सय ४७ रन पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा एक विकेट गुमाएर १ सय ५० रन बनायो ।

आयरल्यान्ड सुपर-१२ मा, वेस्ट इन्डिज बाहिरियो

आयरल्यान्डको जितका नायक प्रारम्भिक ब्याट्सम्यान पल स्टर्लिङ रहे । उनले ४८ बलमा ६६ रन बनाए र नटआउट रहे । यसमा ६ चौका र २ छक्का सामेल थियो । उनले पहिलो विकेटका लागि एन्डी बालब्रिनीले ७३ रनको ठोस साझेदारी गरे । बालब्रिनी ३७ रन बनाए ।

यस्तै लोरकन टोकरले नटआउट रहेर ३५ बलमा ४५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको वेस्ट इन्डिजले पाँच विकेटमा १ सय ४६ रन बनाएको थियो । ब्रेन्डन किङले ४८ बलमा ६२ रन बनाए र यो नै टिमको उच्च व्यक्तिगत स्कोर रह्यो ।

उनले ६ चौका र १ छक्का प्रहार गरे । आयरल्यान्डका लागि गेराथ डेलानीले १६ रनमा तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ भए । आजकै दोस्रो तथा प्रारम्भिक चरणको अन्तिम खेलमा जिम्बावे र स्कटल्यान्ड भिड्दै छन् । यसमा विजयी टिम सुपर–१२ पुग्ने चौथो तथा अन्तिम टिम हुनेछ ।

प्रकाशित : कार्तिक ४, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?