२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

कान्तिपुर संवाददाता

पोखरा — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार भएको पुरुष भलिबलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेस प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो ।

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

विभागीय टिमको अघि मधेस प्रदेशको खेल निकै फितलो थियो । उक्त जितसँगै आर्मीले कुल ६ अंक पुर्‍याएर समूहको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल तय गरेको छ । आर्मीको क्वार्टरफाइनल भेट समूह ‘डी’ को उपविजेता वाग्मती प्रदेशसँग हुनेछ ।

शनिबारको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई कुनै मौका दिएन । एपीएफले २५–१३, २५–१८ र २५–१० को जितसँगै प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएको छ । दुई खेलको जितले ६ अंक जोडेर समूह ‘सी’ को विजेता बनेको एपीएफले क्वाटरफाइनल सुनिश्चित गरेको छ ।

शनिबार नै समूह ‘ए’ मा रहेको लुम्बिनीले कर्णाली प्रदेशलाई हराएर ३ अंक जोड्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह उपविजेता हुँदै लुम्बिनीले एपीएफसँगको भेट पक्का गरेको हो । लुम्बिनीले कर्णालीलाई २५–१५, २५–२१ र २५–२० ले पराजित गर्‍यो । उक्त खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको पुलिस यसअघि नै ६ अंकसहित शीर्षस्थानमा रहेर क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

सोमबार प्रदेश १ र मधेस प्रदेश, एनआरएनए र सुदूरपश्चिमबीच खेल हुनेछ । पहिलो खेलको विजेतासँग गण्डकी प्रदेश र दोस्रो खेलको विजेतासँग पुलिसले क्वार्टरफाइनल खेल्नेछ । क्वार्टरफाइनलका चार खेल मंगलबार हुने छन् ।

प्रकाशित : आश्विन ३०, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?