कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
नवौं राष्ट्रिय खेलकुद

महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित 

सम्झना रसाइली

तनहुँ — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ ।

महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित 

शनिबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो क्वार्टरमा आर्मीले १७–५, दोस्रो क्वार्टरमा आर्मीले १५–३, तश्रो क्वार्टरमा २२–१० र चौथो क्वार्टरमा २४–१२ अंकले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

यसअघि (शुक्रबार) भएको उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको थियो ।

प्रकाशित : आश्विन २९, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?