कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवौं राष्ट्रिय खेलकुद : पुरुष सय मिटर दौडमा पार्कीलाई स्वर्ण

हेमन्त श्रेष्ठ

पोखरा — नवौं राष्ट्रिय खेलकुदको सय मिटर दौडमा सशस्त्र प्रहरीका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा उनले १०.५६ सकेन्डमा दौड पूरा गर्दै स्वर्ण हात पारेका हुन् । 

नवौं राष्ट्रिय खेलकुद : पुरुष सय मिटर दौडमा पार्कीलाई स्वर्ण

यस्तै उक्त दौडको रजत पदक भने युवराज विश्वकर्माले जित्न सफल भए । उनले १०.५८ सकेन्डमा उक्त दौड पूरा गरेका थिए ।

कास्य पदक भने डिल्ली बहादुर भण्डारीले जित्न सफल भए । उनले १०.७० सेकेन्डमा १०० मिटरको दौड पूरा गरेका थिए ।

प्रकाशित : आश्विन २९, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?