२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फुटबलको खेलतालिका सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल बिहीबार सुरु हुँदा उद्घाटन खेलमा एनआरएनए र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

फुटबलको खेलतालिका सार्वजनिक 

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबल ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसर बिहीबारकै दोस्रो खेलमा वाग्मती र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा प्रतियोगिता हुनेछ । समूह ‘ए’ मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश, समूह ‘बी’ मा वाग्मती, मधेस र एपीएफ, समूह ‘सी’ मा लुम्बिनी, आर्मी र नेपाल पुलिस क्लब तथा समूह ‘डी’ मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् ।

फुटबलको फाइनल कात्तिक ३ मा पोखरा रंगशालामा हुनेछ । स्याङजाको वालिङ खेल मैदानमा हुने महिला फुटबलको खेलतालिका पनि सोमबार सार्वजनिक गरिएको छ । महिलातर्फ तीन विभागीय टिम (आर्मी, पुलिस र एपीएफ) र सात प्रदेश १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार पहिलो खेलमा नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलको पनि फाइनल खेल कात्तिक ३ मै हुनेछ ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?