कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

रियलको ओसासुनासँग बराबरी

एजेन्सी

म्याड्रिड — करिम बेन्जेमा खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्न चुकेपछि रियल म्याड्रिड आइतबार स्पेनी ला लिगामा १० खेलाडीमा सीमित ओसासुनासँग १–१ को बराबरीमा रोकिएको छ । यससँगै रियलको लिगमा शतप्रतिशत यात्रा पनि समाप्त भएको छ ।

रियलको ओसासुनासँग बराबरी

खेलको ८० औं मिनेटमा बेन्जेमाले प्रहार गरेको पेनाल्टी क्रसबारमा लागेको थियो । बर्नाबाउमा भएको खेलमा रियलले भेनिसियस जुनियरको गोलले अग्रता लिएको थियो । ओसासुनाका लागि किके गार्सियाले बराबरी गोल फर्काए ।

यो नतिजापछि रियल सात खेलबाट १९ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो । बार्सिलोना समान अंकमा गोल अन्तरले शीर्ष स्थानमा रहेको छ । आइतबारको अर्को प्रमुख खेलमा चौथोमा रहेको रियल बेटिस सेल्टा भिगोको हातबाट १–० ले पराजित रह्यो ।

प्रकाशित : आश्विन १७, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?