कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय खेलकुदमा पाल्पामा १८ खेलाडी छनोट

माधव अर्याल

पाल्पा — पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुदमा पाल्पाबाट १८ जना खेलाडी सहभागी हुने भएका छन् । कराँते, साइक्लिङ, ब्याडमिन्टन, बक्सिङ, भलिबल, प्याराग्लाइडिङ, आईटीएफ तेक्वान्दो खेलका लागि खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

राष्ट्रिय खेलकुदमा पाल्पामा १८ खेलाडी छनोट

प्रदेशस्तरीय छनोटमा कूल ३६ मेडल पाएको पाल्पाले राष्ट्रिय प्रतियोगितामा भने १८ जनालाई सहभागी गराउने उनले बताए ।

कराँतेबाट सुनील समाल, दिया थापा, कमल गाहा, साइक्लिङबाट सुविनमान बज्राचार्य, ब्याडमिन्टनबाट गणेश रायमाझी छनोट भएका छन् । बक्सिङका अश्विन धीरेन श्रेष्ठ, प्रतिष्ठा अर्याल, भलिबलबाट विजय गाहा र सुवास गाहा, प्याराग्लाइडिङबाट रुपम कक्षपति, विजय रानाभाट, तुफानसिंह घर्ती सहभागी हुने कार्यवाहक अध्यक्ष घिमिरेले बताए ।

उनका अनुसार सबैभन्दा धेरै आईटीएफ तेक्वान्दोबाट पाँच जना खेलाडी सहभागी भएका छन् । आईटीएफबाट मञ्जिला कुँवर, रजन रेग्मी, वीरेन्द्र बुढा, मिलन राना, एन्जील कुँवर सहभाागी हुने छन् ।

प्रकाशित : आश्विन १४, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?