कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुमागाईंमाथि कारबाही माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार नेपाली राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंलाई उनको गैरजिम्मेवारीपूर्ण कामका लागि कारबाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

हुमागाईंमाथि कारबाही माग

सचिव अञ्जन खड्काको नेतृत्वमा रहेको मञ्च प्रतिनिधिमण्डलले एन्फा अध्यक्ष पंकज नेम्वाङलाई बुधबार उक्त पत्र बुझाएको थियो । नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि आयोजित पोस्टम्याच कन्फ्रेन्समा हुमागाईंले खेलकुद पत्रकारप्रति आपत्तिजनक हुँदै पदीय मर्यादाविपरीत कार्य गरेका थिए । उनले यसैक्रममा मञ्चलाई आर्थिक सहयोग गर्ने प्रलोभन देखाएका थिए । मञ्चले हुमागाईंका गैरजिम्मेवार प्रस्तुतिले अन्ततः नेपाली फुटबलमाथि नै कहिल्यै पुर्न नसकिने आघात र व्यवधान पुर्‍याउनेतर्फ एन्फालाई सचेत गराएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?