कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेट्रान टेबलटेनिस हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ३ सम्म भैंसेपाटीमा हुनेछ ।

प्रतियोगितामा मेन्स भेट्रान्स सिंगल्स ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरेर तीन स्पर्धा हुनेछ । प्रतियोगितामा वुमेन्स भेट्रान्स सिंगल्स ४० वर्षमाथि र मेन्स भेट्रान्स टिम इभेन्ट पनि समावेश गरिएको छ ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । विजेताले ५०, दोस्रोले २० र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक सीओम नेपाल रहेको छ । आयोजक एपीएमले सीओमसँग मुख्य प्रायोजनसम्बन्धी हस्ताक्षर गरेको थियो । स्पर्धाको कुल लागत १२ लाख रुपैयाँ छ । प्रायोजकले ४० प्रतिशत बेहोर्नेछ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?