कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष भलिबलको उपाधि गुल्मीलाई

लुम्बिनी — नवौं राष्ट्रिय खेलकुदको लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि गुल्मीले हात पारेको छ । सुनवलस्थित भलिबल कोर्टमा बुधबार अबेर भएको फाइनल खेलमा रुपन्देहीलाई २–१ को सेटमा पराजित गर्दै गुल्मी च्याम्पियन भएको हो । रुपन्देहीले उपविजेतामा चित्त बुझायो । 

तेस्रो स्थानका लागि भएको खेलमा पाल्पाले रोल्पालाई २–० को सेटमा पराजित गऱ्यो । लुम्बिनी प्रदेशका १२ जिल्ला बीच प्रतियोगिता भएको प्रदेश भलिबल खेल संयोजक अर्जुन घिमिरेले बताए ।

एक कार्यक्रमका बीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : आश्विन ६, २०७९ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?