कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

काठमाडौँ — माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा भाग लिन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुशा मल्ल, विनामणि योञ्जन, गरिसा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली सेप्टेम्बर २३ मा माल्दिभ्स जानेछ ।

प्रकाशित : आश्विन ४, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?