कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सुदूरपश्चिम राजधानी कप फुटबल असोज ८ देखि 

प्रतियोगितामा ९ औं राष्ट्रिय खेलकुदमा भाग लिने ७ प्रदेशका टोलीको सहभागिता रहने

धनगढी — धनगढीमा असोज ८ गतेदेखि सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक पीएफए स्पोर्ट्स क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । 

प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा भाग लिने ७ प्रदेशका टोली र एक घरेलु टोलीसहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले जनही १० हजार र उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सहप्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेको छ । ‘हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप’ मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । असोज १५ सम्म सञ्चालन हुने प्रतियोगिताको चौथो संस्करण भएको आयोजक समितिले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०७९ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?