कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखि

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आइतबारदेखि प्रदेशस्तरीय विभिन्न विधामा छनोट प्रतियोगिता हुने भएको छ । १३ गतेसम्म हुने भनिएको प्रदेशस्तरीय छनोट प्रतियोगिताको समय तालिका भने परिवर्तन भएको छ ।

लुम्बिनीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता आजदेखि

लगातारको झरिसँगै राष्ट्रिय खेलकुद परिषद्को असोज १० गतेभित्र सक्नुपर्ने नयाँ निर्देशन अनुसार तालिका परिवर्तन गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, नेपालगन्ज, बर्दिया र रोल्पामा आयोजना गर्ने भनिएको प्रतियोगितामा हेरफेर गरिएको उनले बताए । रोल्पामा ११ र १२ गते हुने भनिएको आरटिएफ तेक्वान्दो खेल रुपन्देहीमा असोज ४ र ५ गते सारिएको उनले बताए । यसैगरी रग्बी खेल गुलरिया, बर्दियामा आयोजनाको तयारी भएकोमा परिवर्तन गरी बाँकेमा असोज ११ गते गरिने उनले बताए । अन्य खेलहरु भने तोकिएको स्थान र समयमा हुने उनले बताए ।

प्रतियागिताको उद्घाटन आइतबार बुटवल एन्फा एकेडेमीमा हुनेछ । प्रतियोगिता अन्तरगत पुरुष र महिला फुटबल, महिला भलिबल खेल बुटवल एन्फा एकेडेमीमा असोज २ देखि ४ गतेसम्म, बुद्धिचाल बुटवलमा २ र ३ गते, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा पुरुष/महिला कबड्डी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल रुपन्देहीमा असोज २ देखि ३ गते हुने छ । यसैगरी पुरुष भलिबल नवलपरासी तथा सितोरिया कराते कपिलवस्तुमा ४ र ५ गते हुनेछ ।

एथ्लेटिक्स खेल बेलझुन्डी, दाङमा, फुलकन्टयाक्ट कराते, टेबलटेनिस, ह्यान्डबल तुल्सीपुर दाङमा असोज ६ र ७ गते हुनेछ । यसैगरी बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिङ, पौडी, जिम्न्यास्टिक, पुरुष र महिला हक्की, साइक्लिङ खेलहरु नेपालगन्ज, बाँकेमा असोज ८, ९ र १० गते हुनेछ ।

त्यस्तै, सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुषरमहिला खोखो भुरिगाउँ बर्दियामा १० र ११ गते हुने भएको छ ।

प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय स्वयंसेवकहरुको सहभागिता रहने छ ।

प्रकाशित : आश्विन २, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?