कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : बायर्नले बार्सिलोनालाई २-० ले हरायो

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकसँग पराजित भएको छ । मंगलबार भएको खेलमा बार्सिलोनालाई बायर्नले २-० ले हराएको हो ।

च्याम्पियन्स लिग : बायर्नले बार्सिलोनालाई २-० ले हरायो

मंगलबारको खेलमा स्टार खेलाडी रोबर्ट लेवन्डोस्कीले पटक-पटक अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । जर्मन च्याम्पियनका लागि लुकास हर्नान्डेज र लेरोय सानेले गोल गरे ।

बायर्नको दुई खेलबाट ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लाजेनलाई २–० ले हरायो ।

समूह ‘ए’ मा लिभरपुलले आयाक्सलाई २–१ ले हरायो र यसमा लिभरपुलका लागि मोहम्मद सलाह तथा जोएल माटिपले गोल गरे । बुधबारका अन्य खेलमा स्पोर्टिङले टोटनहमलाई २–० ले पराजित गर्‍यो ।

यस्तै बायर लेभरकुजनले एटलेटिको म्याड्रिडलाई २–०, क्लब ब्रुग्सले एफसी पोर्टोलाई ४–० तथा फ्रायन्कफर्टले मार्सेलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : भाद्र २९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?