भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]- खेलकुद - कान्तिपुर समाचार
साफ महिला च्याम्पियनसिप २०२२

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित [तस्बिरहरू]

केशव थापा

काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२२ मा मंगलबार बंगलादेशले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हरायो ।

तीन खेलबाट ९ अंकसहित बंगलादेश समूह विजेता बनेको छ । भारत भने ६ अंकमै सीमित रहँदै दोस्रो स्थानमा छ । दुवै टिम यसअघि नै अन्तिम चार पुगिसकेका थिए । अब सेमिफाइनलमा बंगलादेशले भुटान तथा नेपालले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछन् । यसअघि भारत प्रतियोगिताका सबै संस्करणमा खेलेका खेलमा विजयी रहेको थियो । बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । यसअघि समूह ए को मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभसलाई ७–० ले हराएको थियो ।


प्रकाशित : भाद्र २८, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्

यी हुन् मिस नेपालका उत्कृष्ट २४ प्रतिस्पर्धी [तस्बिरहरू]

केशव थापा

काठमाडौँ — यस वर्ष पनि मिस नेपालको ताजका लागि युवतीहरू प्रतिस्पर्धामा छन् । आयोजक हिडेन ट्रेजरले २४ जना उत्कृष्ट प्रतिस्पर्धी चयन गरिसकेको छ । तिनै प्रतिस्पर्धीहरू पछिल्लो समय लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा पुगेका छन् । जहाँ उनीहरू स्वीमसुट राउण्डअन्तर्गत र्‍याडिसन होटेलको स्वीमिङ पुल पुगेका हुन् । यसअघि उनीहरूले थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय पनि अवलोकन गरिसकेका छन् ।


प्रकाशित : जेष्ठ २८, २०७९ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×