कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
साफ महिला च्याम्पियनसिप २०२२

बंगलादेशको ऐतिहासिक जित, नेपालको प्रतिद्वन्द्वी भारत

हिमेश

काठमाडौं — बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२२ मा मंगलबार ऐतिहासिक जित निकालेको छ । दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० ले हरायो । यस जितपछि बंगलादेश समूह विजेता बनेको छ । 

बंगलादेशको ऐतिहासिक जित, नेपालको प्रतिद्वन्द्वी भारत

उसको तीन खेलबाट नौ अंक भएको छ । भारत भने तीन खेलबाट छ अंकमै सीमित रह्यो र दोस्रो स्थानमा रह्यो । दुवै टिम यसअघि नै अन्तिम चार पुगिसकेका थिए । अब सेमिफाइनलमा बंगलादेशले भुटान तथा नेपालले डिफेन्डिङ च्याम्पियन भारतको सामना गर्नेछ ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतले कुनै पनि खेल गुमाएको यो पहिलोपल्ट हो । बंगलादेशले भारतलाई हराएको पनि यो पहिलोपल्ट हो ।

बंगलादेशले पूरा खेल अवधिमा उत्कृष्ट, आक्रामक र तीव्र गतिको खेल पेस गरेको थियो । यस क्रमका उसका लागि जहन सोप्नाले दुई र कृष्ण रानीले एक गोल गरे । यसअघि समूह ए को मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभसलाई ७–० ले हराएको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म भारतलाई हराएको छैन । यसअघिका पाँच संस्करणमध्ये सबैमा नेपाल भारतकै हातबाट पराजित रहेको छ । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग रोकिएको थियो ।

प्रकाशित : भाद्र २८, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?