२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

गौतमलाई एनएसजेएफ अग्रज सम्मान

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा अग्रज र अनुज पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ ।

गौतमलाई एनएसजेएफ अग्रज सम्मान

हरेक वर्ष भदौ २७ मा स्थापना दिवस मनाउँदै आएको मञ्चले एनएसजेएफ खेलकुद पत्रकारिता सम्मानबाट पूर्व खेलपत्रकार जयदेव गौतमलाई सम्मानित गरेको हो भने यस वर्षको सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ । पूर्वकान्तिपुरकर्मी गौतमलाई सम्मानस्वरूप २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । खेलाडी डटकममा कार्यरत राईले ल्यापटप पुरस्कार पाइन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले गौतम र राईलाई सम्मान प्रदान गरेका थिए ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफ संवाहकका रूपमा रहेको चर्चा गर्दै अग्रजलाई सम्मान र अनुजलाई पुरस्कृत गर्ने कार्यको प्रशंसा गरेका थिए । सम्मानित पत्रकार गौतमले ५० को दशकमा आफूले खेलकुद पत्रकारितामा भोग्नुपरेका कठिनाइ र अनुभव सुनाएका थिए ।


प्रकाशित : भाद्र २८, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?