१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ — नेपालले साफ महिला च्याम्पियनसिप २०२२ मा सेमिफाइनल प्रवेशका लागि निर्णायक खेलमा सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पाँच गोल वा त्योभन्दा बढी अन्तरको अनपेक्षित हार बेहोरेन भने अन्य नतिजामा पनि नेपाली टिम अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेपाल र श्रीलंका भिड्दै

तीन टिम रहेको समूह ‘बी’ बाट भुटानले श्रीलंकामाथि ५–० को ऐतिहासिक जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो । ‘हेड–टु–हेड’ को नियम अनुसार नेपाल ३ अंक भए पनि समूहको शीर्षस्थानमा छ । नेपाल अन्तिम खेलमा श्रीलंकाविरुद्ध पाँच गोल वा त्योभन्दा ठूलो अन्तरले पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ र यो अवस्थामा भुटान र श्रीलंका सेमिफाइनल पुग्नेछन् ।

साफ च्याम्पियनसिपका अघिल्ला पाँचमध्ये चार संस्करणको उपविजेता नेपाली महिला टिमले यसअघिका प्रतिस्पर्धामा श्रीलंकामाथि शतप्रतिशात जित हात पारेको थियो । त्यसैले नेपाललाई श्रीलंकाको चुनौती पन्छाएर सेमिफाइनलमा स्थान बनाउन गाह्रो नहुन सक्छ । नेपालविरुद्ध श्रीलंकाको प्रतिस्पर्धाले समूह विजेताको टुंगो लगाउनेछ । अर्को समूहबाट डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रकाशित : भाद्र २७, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?