कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बास्केटबलको गर्ल्समा ग्रिनल्यान्ड र एचएचसीए भिड्ने

काठमाडौँ — किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनल पुगेका छन् । किङडमले एन्जल्स हार्टलाई ६१–२६ स्कोरले पराजित गर्‍यो । किङडमका मनोज तामाङले ३५ स्कोर गरे । निङ्मा शेर्पाको २२ स्कोरमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो ।

बास्केटबलको गर्ल्समा ग्रिनल्यान्ड र एचएचसीए भिड्ने

सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडियन्टलाई ४८–४० ले र ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले हराएर सेमिफाइनल तय गरे । भ्यालीका अनमोल गुरुङले १८ र ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे । फाइनल पुग्नका लागि लोयल्टीले किङडम र भ्यालीले ग्रिनल्यान्डविरुद्ध खेल्नेछन् ।

सिनियर गर्ल्समा एचएचसीएले तिरुपतिलाई ११–१०, ग्रिनल्यान्डले टीआईएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभीकेएससलाई २८–७ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

एचएचसीएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्यालीकी लोरिसा गौतमले १२ स्कोर गरे । पृथ्वी पनि वाकओभर पाउँदै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा भ्याली र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसीएबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : भाद्र २०, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×