१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

अध्यक्षमा चन्दको उम्मेदवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — जितेन्द्रबहादुर चन्दले औपचारिक रूपमै नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भलिबल संघको निर्वाचन बुधबार हुँदै छ । १० वर्षदेखि संघमा महासचिव रहँदै आएका चन्द अध्यक्षका प्रत्याशी हुने जनाए पनि आइतबार ठूलो हूलसहित आधिकारिक घोषणा गरेका हुन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिनै उपाध्यक्ष घोषणा गरेकी थिइन् । उनको समूहबाट मनवीर छन्त्याल महासचिवमा उठ्ने पक्का भइसकेको छ । चन्द समूहबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अध्यक्षमा चन्दको उम्मेदवारी

साधारणसभामार्फत हुने निर्वाचनबाट २५ सदस्यीय कार्यसमितिको टुंगो लाग्नेछ । चन्दले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दा कार्यसमितिमा रहेका ३३ मध्ये १७ सदस्य आफूहरूसँग रहेको दाबी गरेका थिए । यसअघि मास्केको घोषणासभामा रहेका राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान इम राना, न्यु डायमन्ड एकेडेमीका अध्यक्ष कुमार राई, वरिष्ठ प्रशिक्षक सलिना श्रेष्ठ चन्दको घोषणासभामा पनि सहभागी थिए ।

संघका अध्यक्ष मनोरञ्जनरमन शर्माको साथ चन्दको घोषणासभामा नेपाल भलिबल संघका उपाध्यक्षद्वय यामबहादुर गुरुङ, हरकसिंह धामी, पूर्वउपाध्यक्ष बालगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य इन्दिरा निरौला, पूर्वखेलाडीहरू सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, पूर्वप्रहरी महानिरीक्षक रमेश खरेल पनि उपस्थित थिए ।

हिजोका दिनका आफू महासचिव हुँदा कतिपय कार्ययोजना सम्पन्न भएका र कतिपय कार्ययोजना सम्पन्न हुन बाँकी रहेको भन्दै उक्त बाँकी कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयन गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको चन्दले बताए ।

प्रकाशित : भाद्र २०, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?