कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले प्रतियोगिताको उद्घाटन खेल स्थगित

माधव ढुंगाना

भैरहवा — शनिबारदेखि सुरु भएको लिस्नु कप फुटबल प्रतियोगिताको २० औं संस्करण अन्तर्गत उद्घाटन खेल वर्षाको कारण स्थगित भएको छ । लिस्नु युवा क्लव रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ कोटिहवास्थित पशुपति उच्च माविको खेलमैदानमा शनिबार अपराह्न ४ बजेपछि प्रतियोगिता सुरु भएको थियो ।

वर्षाले प्रतियोगिताको उद्घाटन खेल स्थगित

आहाना फुटबल क्लव देवीनगर बुटवल र रुपन्देहीको फर्साटिकर फुटबल क्लवबीच प्रतिस्पर्धा चलिरहेको करिब २० मिनेटपछि वर्षा सुरु भएको थियो । सुरुमा वर्षाको परवाह नगरकन खेल सञ्चालन भइरहेको थियो । वर्षा थमिने आसामा खेलाडीहरू भिज्दै र चिप्लिँदै केहीबेर खेलिरहेका थिए ।

खेल सुरु भएको २६ मिनेटपछि खेल मैदान पानीले भरिएपछि आयोजकले खेललाई रोकेको थियो । तर वर्षा नथामिएर खेल मैदान पानीले भरिएपछि आयोजकले शनिबारको उद्घाटन स्थगित गरेको जानकारी दियो । खेल रोकिनुअघि नै फर्साटिकरको तर्फबाट एक गोल भएको थियो ।

आयोजक क्लवका अध्यक्ष तिर्थराज मल्लले शनिबार स्थगित भएको खेल आइतबार बिहान ९ बजे सञ्चालन हुने र उक्त खेलका लागि सबै दर्शकलाई निःशुल्क प्रवेश दिइने बताए । उनका अनुसार खेल रोकिनुअघिको खेलको अवस्थालाई यथावत राखेर बाँकी खेल्न रहेको समयलाई पुनः खेलाइने छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका थिए ।

प्रकाशित : भाद्र १८, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?