कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीएसजीको अविजित यात्रा कायम

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा बुधबार टुलोजलाई सजिलै ३–० ले हराएको छ ।

पीएसजीको अविजित यात्रा कायम

पाहुना टिम रहेको फ्रान्सेली च्याम्पियनले नेयमारको गोलले अग्रता लिएयता केयलिन एमबापेले दुई गोल थपे । यी दुवै गोलमा सहयोगी भूमिका भने लियोनल मेसी निभाएका थिए ।

यो जितपछि पीएसजीको पाँच खेलमा १३ अंक भएको छ । लेन्स र मार्सेको पनि समान १३ अंक रहेको छ । लेन्सले लोरेन्टलाई ५–२ र मार्सेले क्लेमोन्टलाई १–० ले हराएको हो ।

प्रकाशित : भाद्र १६, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?