कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नापियो काठमाडौं म्याराथनको रुट

काठमाडौँ — काठमाडौं म्याराथनका लागि बिहीबार रुटको नाप लिइएको छ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर त्यहीं टुंगिने काठमाडौं म्याराथनका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बाटो नापेका हुन् ।

नापियो काठमाडौं म्याराथनको रुट

काठमाडौं म्याराथनका संयोजक नीलेन्द्रराज श्रेष्ठको निम्तोमा स्यान्डिवन नेपाल आएका हुन् । काठमाडौं म्याराथान भदौ २५ मा हुँदै छ । अब स्यान्डिवनले पोखरा र नेपालगन्ज म्याराथनको पनि रुट नाप्नेछन् । म्याराथन दौडको दूरी ४२.१९५ किलोमिटर हुन्छ ।


प्रकाशित : भाद्र ९, २०७९ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×