२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आर्मी र ललितपुर हाइ च्याम्पियन

काठमाडौँ — नेपाल आर्मी टिम र ललितपुर हाइले शनिबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता जितेका छन् । पुरुषतर्फ आर्मी र महिलातर्फ ललितपुर च्याम्पियन भएका हुन् ।

आर्मी र ललितपुर हाइ च्याम्पियन

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा शनिबार सम्पन्न फाइनलमा आर्मीले रोयललाई ७७–६५ स्कोरले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ स्कोर जोडे ।

पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोस्रोमा २५–२६ ले पछि पर्‍यो । बाँकी दुई क्वाटरमा अग्रता बनाउँदै आर्मीले उपाधि जित्यो । आर्मीले तेस्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्‍यो । आर्मीले ५० हजार र रोयलले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ ललितपुर हाइले आयोजक नखिपोटलाई ३७–३५ को साँघुरो अन्तरमा हरायो । ललितपुरकी अस्मिता थापाले १५ स्कोर जोडिन् । ललितपुरले ९–८ को अग्रताबाट पहिलो क्वाटर आफ्नो पक्षमा पारेको थियो । दोस्रो क्वाटरमा नखिपोट ११–५ को अग्रता बनाएपछि ५ स्कोरले अगाडि रह्यो । तेस्रो क्वाटरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु जितको आधार बन्यो । अन्तिम क्वाटरमा नखिपोटले १०–९ को अग्रता लिए पनि समग्रमा २ अंकले उपाधि गुमायो । ललितपुरले ३० र नखिपोटले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

आर्मीका आयुश सिंह र ललितपुरकी अस्मिता थापा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । दुवैले जनही ५ हजारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ र महिलामा ४ टिम सहभागी थिए ।

प्रकाशित : भाद्र ४, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?