कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी क्वाटरफाइनलमा

काठमाडौँ — नेपाल आर्मी टिम प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार क्वाटरफाइनल पुगेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ स्कोरले हरायो । आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका आयुश सिंहले ४४ स्कोर जोडे ।

पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी अन्य क्वाटरमा क्रमशः २६–११, २२–२०, २७–२५ अग्रता बनाउँदै खेल जित्यो ।

त्यस्तै अर्को प्रतियोगिता नवौं ग्रिनफिल्ड अन्तरस्कुल बास्केटबलको सिनियर ब्वाइजमा ब्राइट होराइजन सेमिफाइनल पुगेको छ । होराइजनले जेनिथलाई ५८–३२ ले हरायो । ग्रिनल्यान्डले रेडियन्टलाई ४६–३० र महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५–३३ ले हराएर सेमिफाइनल स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४–८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ लाई १९–११, लालीगुराँस नेसनल एकेडेमीले ओराकललाई २०–८ र इडेन ब्रिज एकेडेमीले संस्कृतिलाई ४६–११ स्कोरले हराएर सेमिफाइनल यात्रा तय गरे ।

सिनियर गर्ल्समा रेडियन्टले आर्यालाई २६–१६, ग्रिनल्यान्डले ग्रिनफिल्डलाई १३–४, संस्कृतिले हिमालयनलाई १२–७ र काष्ठमण्डपले ग्रिनफिल्डलाई १७–६ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए ।

नेमोनिक र बुद्ध भिड्ने

नेमोनिक र बुद्ध एकेडेमी पाँचौं बीआईबी कप अन्तरस्कुल बास्केटबलको ब्वाइजमा फाइनल पुगेका छन् । आयोजक बौद्ध स्कुल (बीआईएस) को हलमा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो । नेमोनिकका प्रवेश तामाङले ३८ स्कोर गरे । नीरन लामाको १७ स्कोरमा बुद्धले प्रिमियरमाथि ५३–४२ को जित पायो ।

गर्ल्समा निस्ट र डाफोडिल फाइनल पुगे । निस्टले आयोजक बीआईएसलाई ३०–२९ ले हरायो । निस्टकी पूर्णिमा बरालले १६ स्कोर जोडिन् । डाफोडिलले द चाँदबागलाई २७–२४ ले हराउँदा दावा फुटी शेर्पाले १० स्कोर गरिन् ।

प्रकाशित : भाद्र २, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?