कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आल्मेरियामाथि रियलको पुनरागमन जित

एएफपी

म्याड्रिड — रियल म्याड्रिडले स्पेनी ला लिगा उपाधिको रक्षा आइतबार संघर्षपूर्ण जितसँगै सुरु गरेको छ । मड्रिडले आल्मेरियालाई २–१ ले पराजित गरेको हो । लार्जी रामाजानीको गोलले आल्मेरियाले छैटौं मिनेटमा स्तब्धपूर्ण अग्रता लिएको थियो ।

आल्मेरियामाथि रियलको पुनरागमन जित

त्यसपछि गोलरक्षक फर्नान्डो मार्टिनेजले पनि शृंखलाबद्ध बचाउ गरेपछि रियल जितका लागि थप संघर्ष गर्न बाध्य रह्यो । डिफेन्डिङ च्याम्पियनका लागि लुकास भाजक्वेजले बराबरी गोल गरे ।

सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डाविड अल्बाले फ्रि-किकमार्फत निर्णायक गोल गरे । यूईएफए सुपरकप जितेयता आत्मविश्वासी रियललाई आल्मेरियालाई हराउन गाह्रो भएको हो ।

लिगको आइतबारका अन्य खेलमा रियल सोडिडाडले काडिजलाई १-० र भ्यालेन्सियाले जिरोनलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : श्रावण ३०, २०७९ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?