कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुवै मिलान क्लब विजयी

एएफपी

मिलान — इटालीको सिरी ए मा शनिबार दुवै मिलान क्लबले विजयी सुरुआत लिएका छन् । डिफेन्डिङ च्याम्पियन एसी मिलानले युडिनेजीलाई ४–२ ले पराजित गर्न सफल रह्यो ।

यस्तै इन्टर मिलानले भने लेचेलाई २–१ ले हरायो । यसमा चेल्सीबाट इन्टर फर्केका रोमेलु लुकाकुले खेलको दोस्रो मिनेटमै गोलको खाता खोले । इन्टर गत सिजन मिलानपछि दोस्रो स्थानमा रहेको थियो ।

शनिबारको अन्य खेलमा एटलान्टाले साम्पडोरियालाई २–० ले टुरिनोले मोन्जालाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित : श्रावण २९, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?