कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरीमा दिनेश स्मृति फुटबल

कान्तिपुर संवाददाता

काठमाडौँ — नमुना स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर गोदावारीमा शुक्रबार भएको १९औं संस्करण दिनेश स्मृति गाईजात्रा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गोदावरीमा दिनेश स्मृति फुटबल

सेन्ट जेभियर्स फुटबल मैदानमा शुक्रबार आयोजक नमुना स्पोर्ट्स क्लब ‘ए’ ले सिर्जनशील युथ क्लबलाई १–० ले हरायो । गोदावारी विकास युथ क्लबले नयाँबाटो युथ क्लबमाथि २–० को जित पायो ।

गोदावारी युनाइटेडले पहरी एफसीलाई १–० ले, नव समकालीन समाजले शान्तिवन युथ क्लबलाई ३–१ ले र लाकुर फुटसलले ड्रिमर एफसीलाई २–१ ले हराएर क्वाटरफाइनल स्थान बनाए । टौखेलले गतिशील युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले पन्छायो । खालीबारी एफसीले आयोजक नमुना ‘बी’ लाई पेनाल्टीमै ५–३ ले र लास्ट आउट खुमलटार हाइटले नवसोच युथ क्लबलाई पेनाल्टीमै ५–४ ले पराजित गरे ।

क्लबका अध्यक्ष डम्बरबहादुर स्याङ्तानले क्वाटरफाइनलदेखि फाइनल शनिबार हुने बताए । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ जित्नेछन् ।


प्रकाशित : श्रावण २७, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?