कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समान तलब दिन चान्सलरको सुझाव

कान्तिपुर संवाददाता

फ्य्रांकफर्ट — चान्सलर ओलफ स्कोल्जले युरोपियन च्याम्पियनसिपको सफलतापछि मंगलबार जर्मनीका महिला र पुरुष राष्ट्रिय टिमका खेलाडीलाई समान पारिश्रमिक दिन सुझाव दिएका छन् ।

‘यसमा मेरो विचार प्रस्ट छ,’ यसबारे जर्मन फुटबल संघ (डीएफबी) सँगको छलफलपछि स्कोल्जले भने, ‘बढीभन्दा बढी बालिका र महिलालाई फुटबलमा उत्साहित पार्न कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरेका छौं । पक्कै पनि यसमा मुख्य प्रतियोगिताको खर्चले ठूलो भूमिका खेल्नेछ । त्यसैले समान तलबबारे छलफल गरिएको हो । मैले सुझाव दिइसकेको छु र यस विषयमा छलफल गर्न पाउँदा कृतज्ञ छु ।’

सन् २०१५ यताको ठूलो उपलब्धिको रूपमा जर्मनी यसपालि युरोपियन च्याम्पियनसिपमा उपविजेता भयो । वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई इंग्ल्यान्डले हराएको थियो । फाइनलमा सहभागी भएका उनले ट्वीट गरेका थिए, ‘यो २०२२ हो । महिला र पुरुषले समान तलब पाउनुपर्छ । यसलाई खेलकुदमा लागू गर्नुपर्छ विशेषगरी राष्ट्रिय टिममा ।’

प्रतियोगिता जितेको भए जर्मन महिला टिमका खेलाडीले जनही ६० हजार युरो पाउने थियो जबकि गत वर्षको युरो जितेको भए पुरुष खेलाडीले जनही ४ लाख प्राप्त गर्ने थियो ।

प्रकाशित : श्रावण २५, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?