कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिमान ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी महिनामा हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएकी छन् ।

सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

भोग म्यागेजिनसँग कुरा गर्दै उनले 'संन्यास' शब्द मन नपर्ने भन्दै हाल टेनिसभन्दा अन्य विषय आफ्ना लागि प्राथमिकतामा रहेको बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा 'काउन्ट डाउन' सुरु भएको बताएकी छन् ।

सेरेनाले दोस्रो बच्चा जन्माउने योजना रहेको पनि बताएकी थिइन् । उनले खेलाडीको रुपमा आमा बन्न नचाहेको बताइन् । ४० वर्षीया सेनेराले सन् १९९९ मा युएस ओपन जितेकी थिइन् । गर्भवती हुँदै उनले सन् २०१७ को अस्ट्रेलियन ओपन जितेकी थिइन् । र विम्बल्डनको पहिलो चरणबाट उनी बाहिरिएकी थिइन् । उनले टेनिसबाट करिब १० करोड अमेरिकी डलर जितिसकेकी छन् ।

प्रकाशित : श्रावण २४, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?