कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीको जितमा हल्यान्डको दुई गोल

एएफपी

लन्डन — इर्लिङ हल्यान्डले लिग डेब्युमा गरेको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामलाई २–० गोलअन्तरले पारजित गरेको छ । योसँगै सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा अभियानमा विजयी सुरुआत लिएको छ ।

सिटीको जितमा हल्यान्डको दुई गोल

पहिलो लिग खेल खेल्ने क्रममा बोरुसिया डर्टमुन्ड फुटबलबाट सिटी आएपछि हल्यान्डले आफ्नो प्रतिष्ठाअनुसार खेल खेले । नर्वेली खेलाडी सर्जियो अगुएरोले क्लब छाडेयता उनको स्थान लिन हल्यान्ड सिटीसँग अनुबन्धि भएका थिए ।

कम्युनिटी सिल्डमा प्रभावशाली प्रदर्शन गर्न नसकेका हल्यान्डले वेस्ट ह्यामविरुद्ध भने उत्कृष्ट खेल खेले । उनले खेलको ३६औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि ६५औं मिनेटमा दोस्रो गोल थपे ।

प्रकाशित : श्रावण २३, २०७९ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?