कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलीप फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको मास्टर खुलातर्फ फाइनलमा दिलीप अधिकारी पुगेका छन् । उनी २–१ सेटले अगाडि रहेको अवस्थामा इन्द्रबहादुर कार्कीले रिटायर्ड हर्ट लिएपछि सहज यात्रा गरेका थिए ।

दिलीप फाइनलमा

प्लेट च्याम्पियनसि सेमिफाइनलमा राजकृष्ण महर्जनले कमल शाक्यलाई ४–११, ११–५, ११–९, ११–९ स्कोरले हराए । सोही विधामा प्रयाग जोशीले सुनील शाक्यलाई १२–१०, ११–३, ८–११, ११–३ को अन्तरले हराएर फाइनल तय गरे ।

शुक्रबार पुरुष, मास्टर, महिला खुला तथा ब्वाइज यु–१९ विधाका खेल हुनेछ ।


प्रकाशित : श्रावण २०, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?