कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
वुमेन्स युरो-२०२२ 

जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — आठ पल्टको युरोपेली च्याम्पियन जर्मनीले वुमेन्स युरो-२०२२ को फाइनलमा इंग्ल्यान्डसँग भिड्ने भएको छ । मिल्टन कयनेसमा बुधबार भएको दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । 

जर्मनी फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

जर्मनीका लागि एलेक्जान्डर पोपले दुई गोल गरिन् । फ्रान्सले फर्काएको गोल भने आत्मघाती रह्यो । खेल सकिन अगाडि १४ मिनेट अगाडि पोलले निर्णायक गोल गरिन् ।

अब फाइनल आइतबार वेम्बली रंगशालामा हुनेछ र त्यस क्रममा महिला फुटबलमा दर्शकको नयाँ कीर्तिमान बन्ने विश्वास छ । जर्मनीलाई त्यस क्रममा नवौं पल्ट युरोपेली उपाधि जित्ने अवसर हुनेछ ।

प्रकाशित : श्रावण १२, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?